तिताेपाटी – जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्ष माथि कुटपिट एवं गोली प्रहारबाट एक जनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् ।
घटनापश्चात दुई गाउँका पुरुष डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
अनावश्यक डरत्रासले खैर्वाा र बोहर्वा दुई गाउँ पुरुषविहीन भएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने, पक्राउ पर्ने डरसले सबै पुरुष भागेको हुनसक्ने हाम्रो अनुमान छ ।