Friday 6th March 2026

थोरै लगानीको च्याउ खेतीबाट मासिक लाखाैंको अाम्दानी


तितोपाटी – सिन्धुलीको कमलामाई नगरपालिका–६ धुरा बजारका रबी रम्तेलले च्याउ खेतीबाट महिनामै एक लाख ५० हजार आम्दानी लिने गरेका छन्। केही वर्ष अघिसम्म अरुको च्याउ बेच्दै हिड्ने रम्तेलले अहिले आफै व्यावसायिक च्याउखेती गरेका छन्। ‘सुरुमा अरुको च्याउ बेच्दै हिँड्दा थोरै आम्दानी हुन्थ्यो’,उनले भने,‘ अहिले आफैले च्याउखेती गरेको छु। आफ्नै च्याउ बेच्न भ्याइनभ्याइ भएको छ।’

सुरुमा ५० पोकाबाट च्याउखेती गर्न सुरु गरेका रम्तेलको टनेलमा एक हजार तीन सयवटा पोका छन्। ती पोकाबाट दैनिक ३० देखि ४० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ। बजारमा च्याउको मूल्य प्रतिकिलो दुई सय रुपैयाँ छ। थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि अरुको च्याउ बेच्न छाडेर आफै खेती थालेको उनको भनाइ छ। उनले च्याउबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेका छन्।

कमलामाइ नगरपालिका–७ का खुसकुमार श्रेष्ठ पनि दुई वर्र्षदेखि च्याउखेती गर्दै आएका छन्। अहिले चार सय पोकासम्म च्याउ उत्पादन गर्न थालेका श्रेष्ठले पनि मासिक ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन्। च्याउखेतीबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

च्याउखेती गर्मी महिनामा भने कम हुने गरेको छ। च्याउका लागि उपयुक्त मौसम भदौदेखि फागुनसम्म हो। रम्तेल र श्रेष्ठ जस्तै ३५ जना किसानले कमलामाई नगरपालिकामा व्यावसायिक च्याउखेती गर्दै आएका छन्। कमलामाई नगरपालिकाको जलकन्या, भद्रकाली, डाँडी, मधुटार, बर्देउटार, रानीचुरी रानीवासलगायत क्षेत्रमा व्यावसायिक च्याउखेती फस्टाएको छ।

उनीहरूले च्याउबाट मासिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेका छन्। कमलामाई नगरपालिकाको कृषि शाखाका प्रमुख देवीप्रसाद सापकोटाका अनुसार जिल्लामा बाह्रै महिना कन्य च्याउ र मौसमअनुसार रातो च्याउसमेत उत्पादन हुँदै आएको छ। मासुमा पाइने पौष्टिकतत्व च्याउमा पाइने भएकाले मासुभन्दा पनि च्याउमा उपभोक्ताको रुचि बढ्दै गएको पाइन्छ।

च्याउखेतीमा किसानको आकर्षण बढाउँदै आयआर्जन बढाउन बीउबिजनको व्यवस्थापन, उचित बजार, प्राविधिक सेवा, तालिम र विषादीमा सरकारले अनुदान दिनुपर्ने माग किसानको छ। च्याउखेतीका लागि सिन्धुलीको हावापानी उपयुक्त र बजारमा लैजान सजिलो भएपछि च्याउखेती फस्टाउँदै आएको हो।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...