Thursday 27th August 2026

साफ यू–१५ च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै


तिताेपाटी -साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ः३० बजे नेपाल र बंगलादेश खेल्दै छन् । नेपाल बंगलादेशलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको छ ।

बंगलादेश पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ । दुवै टिमले समान १–१ खेल खेलेको छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई नै पराजित गरेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । यता, बंगलादेशले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।सेमिफाइनल समीकरण आजै पूरा हुदैछ । समूह बी अन्तर्गतको अन्तिम खेलमा आज भारतले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनल पुगिसेकको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...