Wednesday 18th February 2026

एक हजार गाँजाको बोट नष्ट


तिताेपाटी – सप्तरीमा गाँजाखेतीको सङ्ख्यामा वृद्धि भएपछि प्रहरीले गाँजा फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ ।

यही अभियानअन्तर्गत प्रहरीले  गाँजा फडानी गर्ने कार्य तिव्र रुपमा अघि बढाएको छ ।

पछिलो पटक जिल्ला प्रहरी कार्यालय सप्तरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले गाँजा फडानी गरेका हुन् ।

राजविराज नगरपालिका–१२ मा लगाइएको एक हजार गाँजाको बोट नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

रासस


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...