Saturday 3rd October 2026

काठमाण्डु स्टीलको इजाजत खारेज


तितोपाटी – नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौँ स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज गरेको छ ।

विभागमा आज बसेको बैठकले गुणस्तरबमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजतपत्र खारेज गरेको जानकारी दिए ।

उक्त उद्योगबाट उत्पादित ५०० ग्रेडका आठ मिलिमिटर, १० मिलिमिटर, १२ मिलिमिटर र १६ मिलिमिटरका फलामे डण्डी विभागको प्रयोगशालामा परीक्षण गराउँदा निर्धारित मापदण्डभन्दा कम पाइएपछि विभागले इजाजतपत्र खारेज गरेको हो ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...