Saturday 20th December 2025

खासोग्गीकी प्रेमिकाद्वारा ट्रम्पको ह्वाइट हाउस भ्रमणको निम्तो अस्विकार


बीबीसी

हत्या गरिएका पत्रकार जमाल खासोग्गीकी प्रेमिकाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ह्वाइट हाउस भ्रमणको निम्तो अस्विकार गरेकी छिन् । ट्रम्पले खासोग्गीको हत्या अनुसन्धानमा इमान्दारिता नदेखाएको भन्दै ट्रम्पको निम्तो अस्विकार गरेको जानकारी दिएकी छिन् ।

हेटिस सेन्गिजले टर्कीको एक टेलिभिजनलाई उक्त अनुसन्धान अमेरिकी सर्वसाधारणको विचारलाई प्रभावित तुल्याउनका लागि मात्र लक्षित भएको बताएकी छिन् ।

खासोग्गीको तीन हप्ता अघि साउदी दूतावासभित्र हत्या गरियो ।

साउदी अरबले उनको हत्यामा सत्तामा रहेको राजपरिवारको संलग्न नभएको दाबी गर्दै आएको छ ।

साउदी अरेबियाले सुरुमा खासोग्गीको हत्या अस्विकार गर्दै आएको थियो ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...