Thursday 27th August 2026

कैदीबन्दीको मृत्यु


तिताेपाटी – सुनसरीको भुम्का नगरपालिकामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदीबन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मुटुसम्बन्धी रोगबाट पीडित चौधरीलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...