Thursday 3rd September 2026

बेपत्ता श्रीमानको खोजी गरिदिन शान्तकुमारीको आग्रह


तिताेपाटी – बनेपामा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन् ।

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–५ पुराना झाँगाझोली घर भई विगत २० -२२ वर्षदेखि बनेपा नगरपालिका–९ शाहीटोल बस्दै आएका वर्ष ४२ का बखतबहादुर तामाङ यही कात्तिक २ गतेदेखि हराएको उनकी श्रीमती शान्तकुमारी तामाङले बताइन् ।

आफू छोराछोरीसहित गत असोज २६ गते नै दशैँका लागि घर गएको र बखतबहादुर एक्लै बनेपा बस्नुभएकामा कात्तिक २ गतेदेखि उनी वेपत्ता भएका हुन् ।

“म पछि आएँ, छोराछोरीलाई अगाडि नै पठाएकी थिएँ उनीहरूले कोठामा बुबा नरहेको बताएपछि खोजी गर्दा अहिलेसम्म फेला पर्नुभएन ।” शान्तकुमारीले भनिन्, “उहाँको खोजीका लागि सहयोग गर्नुपर्याे ।”

बनेपा इलाका प्रहरी कार्यालयले जानकारी पाएपछि तामाङको खोजी गरिरहेको र अहिलेसम्म फेला नपरेको जनाएको छ ।

रासस

 


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

प्रतिकृयाहरू
...