Thursday 27th August 2026

रत्नपार्कमा ‘चार्जिङ स्टेसन’


तिताेपाटी – वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ ।

अाजकाे गाेरखापत्र  दैनिकमा याे खबर छ – नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन निर्माण गरेको छ तर त्यो प्राधिकरणको प्रयोजनका लागि मात्रै हो। त्यसबाहेक उपत्यकामा ‘चार्जिङ स्टेसन’ छैनन् ।

साझा यातायात र लुम्बिनी विकास कोषद्वारा संयुक्त रूपमा सञ्चालनमा ल्याइएको विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आरम्भ गरेका थिए । आजको गोरखापत्रमा समाचार छापिएको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...