Monday 1st December 2025

दीपिका र रणवीरले नोभेम्बेर १४-१५ मा लगनगाँठो कँस्दै


तितोपाटी – बलिउडका हट जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक कार्ड पोष्ट गर्दै दुवैले आफ्नो विवाहको मिति सार्वजनिक गरेका हुन् । जसमा लेखिएको छ विवाह आगामी १४ र १५ नोभेम्बरमा हुनेछ । कार्ड हिन्दी र अंग्रेजी दुबै भाषामा छ । कार्डमा लेखिएको छ, ‘यति बर्षसम्म तपाईहरुले हामीलाई जुन प्रेम र स्नेह दिनुभयो, त्यसका लागि आभारी छौं । हामी आफ्नो जिन्दगीको नयाँ सुरुवात गर्दैछौं । यसमा तपाईंको आर्शिवादको कामना गर्दछौं । अनगिन्ती प्रेम- दीपिका र रणवीर ।’

आजकाल बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहको विवाहको निकै चर्चा छ । विगत तीन वर्षदेखि डेट गरिरहेका दीपिका र रणबीर नोभेम्बर १४ र १५ मा विवाह बन्धनमा बाँधिन लागेका यी जोडीमा दीपिका ३२ वर्ष पुगिन् भने रणबीर ३३ वर्षका भए । उनीहरुले यो विवाह इटलीको लेक कोमोमा गर्ने बुझिएको छ। त्यसको उत्सव चार दिनसम्म चल्नेछ । तर, यस भव्य विवाहलाई मिडियाबाट टाढा राखिएको छ ।

दीपिका पादुकोण किङफिसर क्यालेन्डर गर्लको रुपमा ग्ल्यामर दुनियामा प्रवेश गरेकी हुन् । करियरको पूवार्द्धमा त्यसबेलाका धनाड्य विजय माल्यका पुत्रसँग दीपिकाको अफेयर रहेको चर्चा हुन्थ्यो । पछि उनी रणवीर कपुरसँग जोडिइन् । रणवीरसँगको उनको लभ-अफेयर बलिउडमा लामो समय चर्चाको विषय बन्यो । उनले रणवीरको नाममा ट्याटु समेत खोपाएकी थिइन् । रणवीर कपुरसँग ब्रेकअपछि उनको घनिष्ठता अर्का रणवीर अर्थात रणवीर सिंहसँग बढ्यो । त्यही घनिष्ठता प्रेममा रुपान्तरण भयो । अब त्यो दाम्पत्य जीवनमा प्रवेश गर्दैछ ।


सम्बन्धित शीर्षकहरु

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै…

नासाको रोभरले पहिलो पटक मंगल ग्रहमा बिजुली चम्केको प्रमाण रेकर्ड गरेको छ, यसको माइक्रोफोनले ग्रहभरि निरन्तर बग्ने धुलोको आँधीले उठेका…

प्रतिकृयाहरू
...