Wednesday 26th November 2025

करेन्ट लागेर चितवन र मोरङमा दुई जनाको मृत्यु


तिताेपाटी- चितवन र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवन राप्ती नगरपालिका–११ बुढेबास बस्ने २७ वर्षीय टेकबहादुर चेपाङको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ ।

दशैंको लागि घरको साउण्डबक्समा बिजुली जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका चेपाङलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

त्यस्तै मोरङ बेलबारी नगरपालिका–९ डेरा गरी बस्ने तुमकागाउँ आमदाङ भारतका ३६ वर्षीय बिफल मण्डलको करेण्ट लागेर शनिबार मृत्यु भएको हो ।

टिभिमा जोडिएको केवल तार छुटाउन जाँदा विद्युत सर्ट भई करेण्ट लागेर गम्भीर घाइते भएका मण्डलको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
-राताेपाटी


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...