Monday 26th October 2026

अस्ताउँदो घाम होइन म


अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ,
अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ।

म आफैँ खसुँला कुनै दिन, समयलाई बोल्न देऊ,
अहिल्यै कमजोर नभन, कर्मको बाटो खोल्न देऊ।

किन दोषका जाल बुन्छौ, किन अपवाद खोज्छौ,
मेरो मौनताभित्र लुकेको, सङ्घर्ष किन रोक्छौ?

अहिल्यै मेरो हार लेखी, फैसला नगरिदेऊ,
पहिले कर्मको आगोमा, प्रतिभा निखारिन देऊ।

बदनाम गर्ने हतारोमा, सत्य नबिर्सिदेऊ,
पहिले मेरो नाम गुञ्जियोस्, इतिहास लेखिन देऊ।

माटोमा बीउ रोपेको छु, फल लाग्न केही बेर छ,
मेरो भाग्यको आकाशमा, उज्यालो हुने फेर छ।

आज मलाई कमजोर ठानी, हाँसोमा नउडाइदेऊ,
मभित्रको ज्वालामुखीलाई, खरानी नसम्झिदेऊ।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...