Monday 19th October 2026

मध्यपूर्वका १२ देशमा अमेरिकी सुरक्षा चेतावनी, नागरिकलाई सतर्क रहन आग्रह


मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक, लेबनान, यमन र इजरायलमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

अमेरिकी कूटनीतिक नियोगहरूले तनाव थप बढेमा हवाई मार्ग बन्द हुन सक्ने, उडानहरू रद्द हुन सक्ने तथा यात्रा योजनामा अवरोध आउन सक्ने चेतावनी दिएका छन्। यात्रुहरूलाई विमान कम्पनी र विमानस्थलबाट उडानको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

अमेरिकाले इरान र इरान समर्थित समूहहरूको गतिविधिबाट अमेरिकी नागरिक, कम्पनी तथा संस्थाहरू जोखिममा पर्न सक्ने जनाएको छ। विशेष गरी साउदी अरेबियाका विमानस्थल र महत्त्वपूर्ण पूर्वाधारमा हुथी समूहबाट आक्रमण हुन सक्ने सम्भावनाबारे चेतावनी दिइएको छ।

यमनमा सुरक्षाको अवस्था कमजोर रहेकाले आपतकालीन अवस्थामा अमेरिकी सरकारले प्रत्यक्ष सहायता दिन नसक्ने पनि बताइएको छ। साथै, इरानमा रहेका अमेरिकी नागरिकलाई सकेसम्म छिटो देश छाड्न आग्रह गरिएको छ।

अमेरिकी नियोगहरूले आफ्ना नागरिकलाई प्रदर्शन र भीडभाड भएका स्थानबाट टाढा रहन, स्थानीय सुरक्षा सूचनामा ध्यान दिन, मोबाइल फोन चार्ज राख्न र अमेरिकी हितसँग सम्बन्धित स्थानमा अतिरिक्त सावधानी अपनाउन अनुरोध गरेका छन्।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...