पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका घाइते भएका छन्।
रातभर परेको भारी वर्षाका कारण अल खैर पब्लिक स्कुलको दुईतले भवनको छाना कमजोर भएर खसेको बताइएको छ। मृत्यु भएका बालबालिका ६ देखि १४ वर्ष उमेरका थिए।
उद्धारकर्मी र स्थानीय बासिन्दाले भग्नावशेषमा फसेकाहरूलाई बाहिर निकालेका थिए। घाइतेहरूलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न निर्देशन दिएका छन्। प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको छ।
![]()