भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर दलेलालाई नेपालको नयाँ राजदूत नियुक्त गर्न प्रस्ताव गरेको हो । भारतले उनको नाम स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पठाइसकेको छ।
सन् १९९३ ब्याचका भारतीय विदेश सेवा अधिकारी दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। उनले विदेश मन्त्रालयमा नेपाल र भुटानसँग सम्बन्धित जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि भारतले दलेलाको नाम अगाडि बढाएको हो।