Wednesday 30th September 2026

मर्स्याङ्दी नदीमा बाढीको जोखिम, आवतजावत प्रभावित


मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए पनि तालजस्तै अवस्था कायम रहेको छ।

तालको बहाव सञ्चालन गर्न एक्साभेटर प्रयोग गरेर काम भइरहेको छ भने इन्धन नेपाली सेनाको हेलिकोप्टरमार्फत पुर्‍याइएको छ। स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जोखिम न्यूनीकरणको प्रयास जारी छ।

बाढीले नदीको धार परिवर्तन गर्दा केही घर डुबानमा परेका छन्। साथै, विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट तथा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन्।

यसैबीच, मर्स्याङ्दीको बाढीले नासोँ गाउँपालिका–८ र ९ जोड्ने पुल बगाएपछि स्थानीयको आवतजावत कठिन बनेको छ। बाढी र पहिरोले सडक तथा पैदलमार्गसमेत क्षति पुर्‍याएपछि केही बस्ती अन्य क्षेत्रबाट लगभग विच्छेद भएका छन्।


सम्बन्धित शीर्षकहरु

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा सन् २०२८ मा हुने सिंहस्थ कुम्भ मेलाका लागि सडक फराकिलो बनाउने क्रममा शाही मस्जिदको केही…

प्रतिकृयाहरू
...