उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार वर्षा र हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। भूकम्पबाट प्रभावित भएर पाल तथा चर्किएका घरमा बसिरहेका स्थानीयवासी चिसो र पानीका कारण थप समस्यामा परेका छन्।
गाउँपालिकाका अनुसार भत्किएका घर र पालभित्र पानी पसेपछि भूकम्पपीडितहरू कठिन अवस्थामा रात बिताउन बाध्य भएका छन्।
यता, बाली भित्र्याउने मुख्य समयमा परेको वर्षा र हिमपातले पाकेको अन्नबालीमा क्षति पुर्याएपछि किसानहरू चिन्तित बनेका छन्। गाउँपालिकाले मौसममा सुधार आएपछि मात्र क्षतिको यकिन विवरण आउने जनाएको छ।
स्थानीय प्रशासनले अत्यधिक चिसोका कारण सतर्क रहन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
Provide your feedback on BizChat