Friday 30th October 2026

१५औँ महाधिवेशनका लागि कांग्रेसको देउवा पक्ष आफ्नै ढंगले अघि बढ्ने


नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

संस्थापन पक्षले तय गरेको महाधिवेशन प्रक्रियामा सहभागी हुन नसकिने निष्कर्ष निकाल्दै इतर समूहले वैकल्पिक रूपमा अघि बढ्ने जनाएको छ।

समूहले आफूहरू पदका लागि नभई पार्टी जोगाउने अभियानमा रहेको बताउँदै उमाकान्त चौधरीले यसअघि प्रस्ताव गरेको महाधिवेशन कार्यतालिकालाई अगाडि बढाउने निर्णय गरेको छ।


सम्बन्धित शीर्षकहरु

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...