Sunday 4th October 2026

हर्मुज क्षेत्रमा तनाव चर्कियो, यूएईमा इरानी मिसाइलको चेतावनी


मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्। तीमध्ये एउटा मिसाइल यूएई बाहिर खसेको भने अर्को देशको समुद्री क्षेत्रमा खसेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानले मिसाइलहरू समुद्री यातायातलाई लक्षित गरि प्रहार गरिएको देखाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा वार्ताको कुनै योजना पनि नरहेको बताएका छन्। यसले क्षेत्रीय शान्ति प्रयासहरूमा अनिश्चितता थपिएको छ।

महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य क्षेत्रमा पनि तनाव कायम छ। इरानले अमेरिका आफ्ना सर्तहरू पूरा नगरेसम्म जलडमरूमध्य खुला नहुने संकेत दिएको छ। अर्कोतर्फ, ओमानको तट नजिक एक व्यापारिक जहाजमा आक्रमण हुँदा एक चालक दलका सदस्यको मृत्यु भएको बेलायती समुद्री निकायले जनाएको छ।

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको अराम्को जाजन तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी गरेका छन्। कतारले भने हर्मुज जलडमरूमध्यबारे इरान र ओमानबीच सहमति भएपछि मात्रै अमेरिका–इरान वार्ता अगाडि बढ्न सक्ने जनाएको छ।

क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै जाँदा मध्यपूर्वमा थप तनाव र अनिश्चितता बढ्ने चिन्ता व्यक्त गरिएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...