Sunday 4th October 2026

मस्कोमाथि ६०० ड्रोन आक्रमण, किभमा मिसाइल हमला


युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३० बजेसम्म मस्को क्षेत्रतर्फ उडेका करिब ६०० ड्रोनमध्ये २०१ वटा ड्रोन खसालिएका छन्। उक्त आक्रमणमा तीन जना घाइते भएका छन्।

यता, रूसले पनि युक्रेनको राजधानी किभमा मिसाइल आक्रमण गरेको छ। किभका मेयर भिताली क्लिच्कोका अनुसार आक्रमणपछि शहरका कम्तीमा दुई जिल्लामा आगलागी भएको छ।

किभको सैन्य प्रशासनले एक जना घाइते भएको जनाएको छ। खसेका मिसाइलका भग्नावशेषका कारण राजधानीको उत्तरी उपनगरस्थित गैरआवासीय क्षेत्रमा आगलागी भएको तथा शहरको केन्द्र नजिकैका क्षेत्रमा पनि आगो लागेको बताइएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणका क्रममा किभमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। रूस र युक्रेनबीच जारी युद्धका बीच दुवै पक्षले एकअर्काको क्षेत्रमा लामो दूरीका आक्रमणलाई तीव्र बनाइरहेका छन्।


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...