Sunday 4th October 2026

भारतले ८०औँ स्वतन्त्रता दिवस मनायो


भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारतले यस वर्ष ८०औँ स्वतन्त्रता दिवस मनाउँदै स्वतन्त्रता सेनानीहरूको योगदानको स्मरण गरेको हो।

राजधानी नयाँ दिल्लीको ऐतिहासिक लाल किल्लामा आयोजित मुख्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रका नाममा सम्बोधन गरेका थिए। समारोहमा मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, कूटनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

यस वर्षको स्वतन्त्रता दिवसको मुख्य विषय“युवा शक्ति फर विकसित भारत@२०४७” रहेको छ। साथै, भारतको राष्ट्रिय गीत“वन्दे मातरम्” को १५० वर्ष पूरा भएको अवसरलाई पनि विशेष रूपमा स्मरण गरिएको छ।

देशभर सरकारी कार्यालय, विद्यालय, कलेज तथा विभिन्न संघसंस्थाहरूमा झण्डोत्तोलन, सांस्कृतिक कार्यक्रम र देशभक्तिपूर्ण गतिविधिहरू आयोजना गरिएका छन्। भारतभर स्वतन्त्रता दिवसको उत्साहपूर्ण माहोल देखिएको छ।

भारतले सन् २०४७ मा स्वतन्त्रताको शताब्दी वर्ष मनाउने लक्ष्यसहित विकास, प्रविधि, हरित ऊर्जा र युवाको भूमिकालाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...