Sunday 4th October 2026

अमेरिका–इरान तनावबीच अमेरिकी विमानवाहक युद्धपोत परिवर्तन


अमेरिकाले इरानसँग जारी सैन्य तनावका बीच मध्यपूर्वमा तैनाथ ‘युएसएस अब्राहम लिंकन’ को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ पठाउने तयारी गरेको छ।

२०० दिनभन्दा बढी समय समुद्रमा तैनाथ रहँदा अब्राहम लिंकनमा रहेका करिब ५ हजार नौसैनिक तथा मरिन्समा थकान, मानसिक तनाव र डिप्रेसनका समस्या देखिएको भन्दै परिवार र सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार परमाणु ऊर्जाबाट सञ्चालित युएसएस जर्ज वासिङ्टन हिन्द महासागर हुँदै मध्यपूर्व पुगेर होर्मुज जलमार्ग आसपास अमेरिकी सैन्य उपस्थितिको जिम्मेवारी सम्हाल्नेछ।

यद्यपि, पेन्टागनले यो परिवर्तन नियमित रोटेसन प्रक्रियाको हिस्सा भएको जनाएको छ भने जहाजमा आत्महत्याको जोखिम बढेको भन्ने दाबीलाई अस्वीकार गरेको छ। तर युद्धका कारण आपूर्ति तथा रसद व्यवस्थापनमा केही कठिनाइ भएको स्वीकार गरेको छ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...