जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल सेवा र विद्युत् आपूर्तिमा गम्भीर असर पुर्याएको छ।
अधिकारीहरूका अनुसार २० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने एक लाखभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
टोकियो नजिकको नारिता विमानस्थलमा यातायात अवरुद्ध हुँदा हजारौं यात्रु रातभर अलपत्र परेका थिए।
मौसम विभागले यसलाई जापानको इतिहासकै दुर्लभ तथा अभूतपूर्व वर्षा घटना बताएको छ र अझै बाढी तथा पहिरोको जोखिम कायमै रहेको चेतावनी दिएको छ।