Wednesday 12th August 2026

लिबियाको ऊर्जा पूर्वाधारमा ड्रोन हमला, विद्युत् सेवा प्रभावित


लिबियाको पश्चिमी सहर जाविया मा ऊर्जा पूर्वाधारमाथि लगातार पाँचौं दिन पनि ड्रोन आक्रमण जारी रहेपछि सहरका दक्षिणी क्षेत्रहरूमा व्यापक विद्युत् कटौती भएको छ। लिबियाको सरकारी विद्युत् कम्पनी जनरल इलेक्ट्रिसिटी कम्पनी अफ लिबिया (GECOL) ले जाविया विद्युत् केन्द्रमा बारम्बार आक्रमण हुँदा गम्भीर क्षति पुगेको जनाएको छ।ड्रोन आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूह वा व्यक्तिले सार्वजनिक रूपमा लिएको छैन।

अधिकारीहरूका अनुसार आक्रमणका कारण विद्युत् उत्पादन र वितरण प्रणाली प्रभावित भएको छ, जसले हजारौं घरपरिवार तथा व्यवसायलाई असर पारेको छ।

यसैबीच, जावियामा रहेको लिबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र (रिफाइनरी) पनि हालैका दिनहरूमा आक्रमणको निशानामा परेको छ। ती आक्रमणपछि रिफाइनरी क्षेत्रमा ठूलो आगलागी भएको बताइएको छ, जसले देशको ऊर्जा आपूर्ति र आर्थिक गतिविधिमा थप दबाब सिर्जना गरेको छ।

यसअघि पनि जावियाको तेल रिफाइनरीमा ड्रोन आक्रमण हुँदा ठूलो आगलागी भएको थियो। राष्ट्रिय तेल निगम (NOC) ले तेल भण्डारण ट्यांकी तथा अन्य संरचनाहरूलाई बारम्बार निशाना बनाइएको जनाएको छ।

विश्लेषकहरूका अनुसार ऊर्जा पूर्वाधारमाथिको यस्तो निरन्तर हमला लिबियाको सुरक्षा अवस्था तथा आर्थिक स्थायित्वका लागि गम्भीर चुनौती बन्न सक्छ। तेल तथा विद्युत् क्षेत्र देशको अर्थतन्त्रका प्रमुख आधार भएकाले दीर्घकालीन क्षतिले राष्ट्रिय उत्पादन र जनजीवनमा व्यापक प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले एक साताभित्र दोस्रो पटक ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरिया र जापानका अनुसार मिसाइल उत्तर कोरियाको वोनसान…

लिबियाको पश्चिमी सहर जाविया मा ऊर्जा पूर्वाधारमाथि लगातार पाँचौं दिन पनि ड्रोन आक्रमण जारी रहेपछि सहरका दक्षिणी क्षेत्रहरूमा व्यापक विद्युत्…

पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पको कारण अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको छ। भूकम्पपछि उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको…

प्रतिकृयाहरू
...