Sunday 4th October 2026

उत्तर कोरियाले मिसाइल लञ्च गरे लगत्तै अमेरिका-दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास


अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट बढ्दो सुरक्षा चुनौतीको सामना तथा युद्धकालीन सैन्य कमान्ड हस्तान्तरणको तयारीस्वरूप आगामी अगस्ट १७ देखि २७ सम्म संयुक्त सैन्य अभ्यास उल्ची फ्रिडम शिल्ड (UFS) सञ्चालन गर्ने भएका छन्।

दुवै देशका सेनाले जारी गरेको संयुक्त वक्तव्यअनुसार अभ्यासमा हालका युद्धबाट सिकिएका अनुभव, ड्रोन आक्रमण, जीपीएस जामिङ र साइबर आक्रमणजस्ता यथार्थपरक खतरालाई समेटिनेछ। यसमा प्रत्यक्ष सैन्य अभ्यास, कम्प्युटरमा आधारित कमान्ड अभ्यास तथा नागरिक प्रतिरक्षा कार्यक्रम समेत समावेश हुनेछन्।

दक्षिण कोरियाले सन् २०३० अघि अमेरिका नेतृत्वको युद्धकालीन सैन्य कमान्ड (OPCON) आफ्नो नियन्त्रणमा ल्याउने लक्ष्य राखेको छ। यसका लागि संयुक्त सेनाको पूर्ण सञ्चालन क्षमता (FOC) परीक्षणलाई तीव्र बनाइएको छ। दक्षिण कोरियाका संयुक्त चीफ्स अफ स्टाफका अनुसार आवश्यक मापदण्ड पूरा भएमा यस वर्षकै सुरक्षा परामर्श बैठकमा FOC प्रमाणीकरण र कमान्ड हस्तान्तरणको समयबारे सिफारिस गर्न सकिनेछ।

यस वर्षको अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुनेछन्। साथै संयुक्त राष्ट्रसंघ कमान्ड (UNC) मा आबद्ध अन्य ११ देशका सैनिक तथा पर्यवेक्षकहरूको पनि सहभागिता रहनेछ।

उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासलाई आक्रमणको तयारी भन्दै आलोचना गर्दै आएको छ। हालै उसले पूर्वी समुद्रतर्फ छोटो दूरीको ब्यालिस्टिक मिसाइल पनि प्रक्षेपण गरेको थियो। यद्यपि अमेरिका र दक्षिण कोरियाले UFS पूर्ण रूपमा रक्षात्मक प्रकृतिको अभ्यास भएको बताएका छन्।


सम्बन्धित शीर्षकहरु

किएभ, अक्टोबर ४ — जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनको राजधानी किएभमा समर्थन जनाउन पुगेकै दिन रुसी ड्रोनले शहरको महत्वपूर्ण नर्दर्न…

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

प्रतिकृयाहरू
...