Sunday 4th October 2026

नाइजेरियामा १,५०० जोडीको सामूहिक विवाह


नाइजेरियाको कानो राज्य सरकारले आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने उद्देश्यले १,५०० जोडीको दुई दिने सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम कानो राज्यका गभर्नर अब्बा कबीर युसुफको नेतृत्वमा आयोजना गरिएको हो।

विवाह कार्यक्रममा प्रत्येक दुलहीलाई २ लाख नाइरा दाइजोका रूपमा उपलब्ध गराइएको छ भने साना व्यवसाय सुरु गर्न आर्थिक सहयोग पनि प्रदान गरिएको छ। नवविवाहित जोडीलाई बेड, गद्दा र कम्बललगायत घरायसी सामग्री समेत वितरण गरिएको थियो।

कार्यक्रमअघि सहभागी जोडीहरूको स्वास्थ्य परीक्षण र वैवाहिक परामर्श गरिएको थियो। महँगी र गरिबीका कारण विवाह गर्न नसकेका परिवारलाई राहत दिने तथा सामाजिक स्थिरता कायम राख्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको सरकारको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

किएभ, अक्टोबर ४ — जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनको राजधानी किएभमा समर्थन जनाउन पुगेकै दिन रुसी ड्रोनले शहरको महत्वपूर्ण नर्दर्न…

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

प्रतिकृयाहरू
...