Sunday 4th October 2026

होर्मुज जलडमरूमध्य खोल्नुअघि अमेरिकासामु इरानका कडा सर्त


इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्नुअघि अमेरिका आफ्नो प्रतिबन्ध, सैन्य दबाब र युद्धसँग सम्बन्धित क्षतिपूर्ति जस्ता माग पूरा गर्नुपर्ने अडान दोहोर्‍याएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग नयाँ समुद्री मार्गसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगे पनि त्यसले जलडमरूमध्य तत्काल खुल्ने अर्थ नलाग्ने बताएका छन्।

इरान र ओमानबीच जहाज आवतजावतका लागि अस्थायी व्यवस्था गर्ने समझदारीको तयारी भइरहेको बताइएको छ। तर इरानले अमेरिका र इजरायलसँग सम्बन्धित देशका जहाजमाथि प्रतिबन्ध लगाउन सक्ने संकेत दिएको छ।

यसैबीच, होर्मुज संकटका कारण कच्चा तेलको मूल्य बढेपछि विश्व शेयर बजारमा दबाब देखिएको छ। ब्रेन्ट क्रुडको मूल्य बढेर प्रति ब्यारेल ८४ डलरभन्दा माथि पुगेको छ।

यमनको मोखा बन्दरगाहमा हुथी आक्रमणमा ७ जनाको मृत्यु भएको तथा इरानले राष्ट्रिय सुरक्षा परिषद्को नेतृत्वमा फेरबदल गरेको समाचार पनि सार्वजनिक भएको छ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...