Tuesday 4th August 2026

रूसमा समुद्री किनारमा ड्रोन आक्रमण: ७ जनाको मृत्यु


दक्षिणी रूसको क्रास्नोडार क्षेत्रस्थित कालो सागर (Black Sea) किनारको आर्खिपो-ओसिपोभ्का समुद्री तटमा ड्रोन खस्दा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये ३ जना बालबालिका रहेका छन्।

घटनामा ४० जना घाइते भएका छन्, जसमा १७ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

रुसी अधिकारीहरूले यो घटनालाई नागरिकमाथिको जानाजानी गरिएको आक्रमण भन्दै युक्रेनलाई दोष दिएका छन्। युक्रेनले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। दुवै पक्षले सामान्यतया नागरिकलाई निशाना बनाएको आरोप अस्वीकार गर्दै आएका छन्।

ड्रोन वास्तवमा के लक्ष्यमा पठाइएको थियो भन्ने स्पष्ट छैन। केही रिपोर्टअनुसार इलेक्ट्रोनिक जामिङका कारण ड्रोन नियन्त्रणबाहिर भएर समुद्री किनारमा खसेको हुन सक्छ। प्रत्यक्षदर्शीहरूले विस्फोटअघि गोली चलेको आवाज सुनेको बताएकाले हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्ने प्रयास गरेको हुन सक्ने अनुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको…

प्रतिकृयाहरू
...