Sunday 4th October 2026

चीनमा भारी वर्षाको चेतावनी, लाखौं प्रभावित र व्यापक स्थानान्तरण


चीनका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेका कारण सरकारले उच्च सतर्कता अपनाएको छ। विशेष गरी शान्सी, सिछुवान, चोङकिङ, गुइझाउ, ग्वाङ्सी र ग्वाङ्डोङ क्षेत्रमा भीषण वर्षाको सम्भावना रहेको भन्दै दोस्रो उच्चस्तरको वर्षा चेतावनी जारी गरिएको छ।

शान्सी प्रान्तमा बाढी र डुबानको जोखिम बढेपछि जुलाई ३० यता ८७,९८७ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

दक्षिणपश्चिमी सिछुवान प्रान्तमा भारी वर्षाका कारण पहिरो तथा अन्य ८ वटा भू-प्रकोप भएका छन्। कुनै मानवीय क्षति नभए पनि थप ४०,२४९ जनालाई स्थानान्तरण गरिएको छ। बाढी मौसम सुरु भएयता सिछुवानमा मात्रै ९ लाख २२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

चीनको प्राकृतिक स्रोत मन्त्रालयले देशभरका धेरै नदीको जलस्तर चेतावनी सीमाभन्दा माथि पुगेको जनाएको छ। चोङकिङ क्षेत्रमा आकस्मिक बाढीको रातो चेतावनी जारी गरिएको छ।

युनान प्रान्तमा अगस्ट ३ देखि ६ सम्म लगातार भारी वर्षा हुने अनुमान गरिएको छ, जसले बाढी, पहिरो तथा नदीमा पानीको बहाव बढ्ने जोखिम रहेको बताइएको छ।

यसैबीच, चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन डल्फिन को प्रभाव अगस्ट ६ देखि देखिन सक्ने र आगामी सप्ताहान्तसम्म वर्षा तथा तीव्र हावाहुरीको सम्भावना रहेको छ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक…

जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९…

स्पेनका विभिन्न सहरमा हजारौं मानिसले घरभाडा महँगो भएको र मानिसहरूलाई घरबाट निकाल्ने क्रम बढेको भन्दै प्रदर्शन गरेका छन्। सरकारले भाडामा…

प्रतिकृयाहरू
...