गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण गाजा सिटी, खान युनिस र देइर अल-बलाह क्षेत्रमा गरिएको बताइएको छ।
प्यालेस्टिनी अधिकारीहरूका अनुसार खान युनिसमा एकै परिवारका बुबा, आमा र ९ वर्षीय छोराको ज्यान गएको छ भने अन्य आवासीय भवनहरूमा भएका आक्रमणमा थप सर्वसाधारण मारिएका छन्।
इजरायली सेनाले भने गाजामा सक्रिय हमासका लडाकुहरूलाई लक्ष्य बनाएको दाबी गर्दै दुई हमास कमाण्डर र अर्को एक लडाकु मारिएको जनाएको छ।
यस घटनाक्रमबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित “बोर्ड अफ पिस” योजनाअन्तर्गत हमासले निशस्त्रीकरण (हतियार बुझाउने) प्रस्ताव स्वीकार गरे पनि इजरायलले हालसम्म आक्रमण रोक्ने कुनै सहमति नभएको स्पष्ट गरेको छ।
गत वर्षको युद्धविरामपछि पनि गाजामा हिंसा जारी रहेको छ र त्यसयता १,१०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको बताइएको छ।
-BBC
https://www.bbc.com/news/articles/czjlvvkzj20o