अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन रक्स टापुमा ठूलो संख्यामा ग्रेटर क्रेस्टेड टर्न (समुद्री चरा) मरेका वा बिरामी परेको परीक्षणबाट पुष्टि भएको हो।
हालसम्म देशभर ७८ वटा बर्ड फ्लु संक्रमणका घटना पुष्टि भएका छन्। तीमध्ये ५८ दक्षिण अष्ट्रेलिया, १० पश्चिमी अष्ट्रेलिया, ७ भिक्टोरिया, २ न्यू साउथ वेल्स र १ क्वीन्सल्यान्डमा फेला परेका छन्।
कृषिमन्त्री जुली कोलिन्सले वन्यजन्तुमा भाइरस फैलिन थालेपछि ठूलो क्षति रोक्न कठिन हुने बताएकी छन्। यद्यपि हालसम्म कुखुरापालन उद्योगमा संक्रमण नदेखिएको र मानव स्वास्थ्यमा जोखिम कम रहेको उनले स्पष्ट पारेकी छन्।
विशेषज्ञहरूले बर्ड फ्लु अझै अन्य चरा र जनावरमा फैलिन सक्ने चेतावनी दिएका छन्। आगामी महिनाहरूमा हुने चराको मौसमी बसाइँसराइ का कारण संक्रमण थप फैलिने जोखिम रहेको जनाइएको छ।
अष्ट्रेलियाली सरकारले बर्ड फ्लु नियन्त्रण तथा निगरानीका लागि राष्ट्रिय योजना सक्रिय गर्दै थप २४ मिलियन अष्ट्रेलियन डलर उपलब्ध गराएको छ।
-ABC
https://www.abc.net.au/news/2026-08-03/first-bird-flu-mass-mortality-confirmed-in-australian-wildlife/106989536