Tuesday 28th July 2026

हुथी–साउदी तनाव फेरि चर्कियो, यमन युद्दको संघारमा


अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा जहाजहरूलाई लक्षित गर्दै आक्रमण बढाएका छन् भने साउदी नेतृत्वको गठबन्धनले हुथी नियन्त्रणका क्षेत्रमा हवाई आक्रमण सुरु गरेको छ।

जुलाई १३ मा इरानी विमानको अवतरण विवादपछि हुथीहरूले साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेका थिए। विश्लेषकहरूका अनुसार यसले सन् २०२२ यता कायम रहेको युद्धविराम अन्त्य भई यमनमा पुनः ठूलो युद्ध भड्किने जोखिम बढाएको छ। साउदी अरब शान्ति खोजिरहेको भए पनि हुथीहरू आफ्नो राजनीतिक र सैन्य प्रभाव विस्तार गर्न दबाब बढाइरहेका छन्।

यता यमन सरकारले हुथी विद्रोहीविरुद्ध कुनै पनि सम्भावित सैन्य तनाव सामना गर्न तयार रहेको जनाएको छ। इरान समर्थित हुथीहरूले साउदी अरबमाथि ड्रोन आक्रमण र समुद्री नाकाबन्दी घोषणा गरेपछि क्षेत्रीय तनाव चुलिएको हो।
यमन सरकारका अनुसार हुथीहरूले बाब अल–मन्देब जलडमरूमध्यमा नियन्त्रण बढाउने प्रयास गरिरहेका छन्। साउदी अरब र हुथीबीच पछिल्ला वर्षहरूमा देखिएको शान्ति प्रक्रिया कमजोर बन्दै गएको छ, जसले यमनमा फेरि व्यापक युद्ध भड्किने जोखिम बढाएको छ।


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...