Monday 14th September 2026

ट्रम्पको इरानमाथि अझ कडा आक्रमण गर्ने चेतावनी


अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप कडा आक्रमण गर्ने चेतावनी दिएका छन् र सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेका छन्।

अमेरिकी हेलिकोप्टर खसालिएपछि सुरु भएको तनावमा दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेका छन्। इरानले दबाब नमान्ने अडान लिएको छ भने अमेरिकाले इरानलाई सैन्य रूपमा पराजित बताएको छ।

उता, इरानले अमेरिकामाथि कूटनीतिक प्रक्रियामा अवरोध पुर्‍याएको आरोप लगाएको छ। यसबीच, ओमान नजिक तेल ट्यांकरमाथि आक्रमण हुँदा भारतीय नाविकहरू बेपत्ता भएका छन्, जसले क्षेत्रीय तनाव अझ बढाएको छ।


सम्बन्धित शीर्षकहरु

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ।…

नेपाली चलचित्र‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ २०२७ मा हुने ९९औँ ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय चलचित्र विधाका लागि नेपालको आधिकारिक प्रतिनिधि…

एशियाका प्रमुख देशहरू चीन, ताइवान, दक्षिण कोरिया, जापान र भारत एआई (कृत्रिम बुद्धिमत्ता) तथा चिप उत्पादनमा अग्रता लिन प्रतिस्पर्धा गरिरहेका…

प्रतिकृयाहरू
...