Wednesday 23rd September 2026

ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश


सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई १९.४ ओभरमा मात्र ९४ रनमा अलआउट गरेपछि नेपालले ९५ रनको सामान्य लक्ष्य पाएको थियो। उक्त लक्ष्यलाई नेपाली ब्याटरहरूले आक्रामक ब्याटिङको मद्दतले मात्र ९.२ ओभरमा २ विकेट गुमाउँदै सहजै प्राप्त गरे। यस जितसँगै नेपाल अपराजित रहँदै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ।

नेपालको जितमा ब्याटर लोकेश बमले विस्फोटक इनिङ्स खेले। उनले मात्र २६ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतले अविजित ४४ रन जोडे। त्यस्तै, कप्तान रोहित पौडेलले २० बलमा २१ रन बनाउँदै लोकेशलाई बलियो साथ दिए भने कुशल भुर्तेलले तीव्र गतिमा ८ बलमा २० रनको योगदान दिए।

ओमानका बलर समीर उथमानले २ विकेट लिए पनि नेपाली टोलीको रन गतिलाई रोक्न सकेनन्। यसअघि बलिङतर्फ करण केसीले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिएर ओमानलाई सस्तैमा समेट्न मुख्य भूमिका खेलेका थिए।

यो जितसँगै नेपालले आगामी एशियन गेम्सको मुख्य प्रतियोगिताका लागि आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...