Wednesday 12th August 2026

ईरानी दुतावासका दुई कर्मचारी लाई २४ घण्टा भित्र कुवेत छाडन आदेश


इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको आरोप लागेपछि कुवेत सरकारले कडा प्रतिक्रिया जनाएको छ। उक्त आक्रमणमा एक जनाको मृत्यु भएको तथा दर्जनौं व्यक्ति घाइते भएको बताइएको छ।

बुधबार कुवेतले इरानी दूतावासका दुई कर्मचारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। कुवेतका उपविदेशमन्त्री हमद सुलेमान अल-माशानले कुवेतस्थित इरानी कार्यवाहक राजदूत हमेद हमिद याकुबिफारलाई बोलाएर औपचारिक विरोधपत्र हस्तान्तरण गरेका थिए।

कुवेतको विदेश मन्त्रालयका अनुसार इरानले निरन्तर आक्रमण गरिरहेको भन्दै दूतावासका कर्मचारी संख्या घटाउने निर्णय गरिएको हो। साथै दुई इरानी कूटनीतिज्ञलाई “अवाञ्छित व्यक्ति” (Persona Non Grata) घोषणा गर्दै २४ घण्टाभित्र कुवेत छोड्न भनिएको छ।

यस घटनाले खाडी क्षेत्रमा तनाव थप बढाएको छ। सामाजिक सञ्जालमा कुवेत विमानस्थलमा भएको भनिएको ड्रोन आक्रमणपछिको दृश्य देखाउने भिडियोहरू पनि सार्वजनिक भएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...