Friday 16th October 2026

कांग्रेसले राष्ट्रिय सभा दलको नेता कृष्ण सिटौलालाई हटाएर कमला पन्तलाई बनायो


तितोपाटी- राष्ट्रिय सभामा नेपाली  कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ । यसै गरि  प्रतिनिधि सभाको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन्।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...