Thursday 24th September 2026

बेलायत, फ्रान्स र जर्मनी अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा


इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन देशले इरानको “लापरवाहीपूर्ण र खतरनाक” आक्रमणले आफ्ना सैनिक र नागरिकको ज्यान जोखिममा परेको बताएका छन्।

बेलायती प्रधानमन्त्री केयर स्टार्मर , फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडेरिक मर्जले संयुक्त वक्तव्य जारी गर्दै भने, “हामी आफ्ना मित्रराष्ट्र र आफ्ना हितको रक्षा गर्न आवश्यक र उचित रक्षात्मक कदम चाल्नेछौं।”

उनीहरूले विशेषगरी इरानले चलाउने क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन)लाई ‘स्रोतमै नष्ट’ गर्नुपर्नेमा जोड दिएका छन्। यसका लागि अमेरिका * र अन्य साझेदार राष्ट्रसँग मिलेर काम गर्ने सहमति भएको छ। तर विस्तृत योजना भने सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री स्टार्मरले बेलायत प्रत्यक्ष रूपमा इरानमाथि आक्रमणमा सहभागी नहुने बताएका छन्। तर उनले अमेरिकालाई बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति दिएका छन्, ताकि इरानका क्षेप्यास्त्र र प्रक्षेपण स्थलमाथि कारबाही गर्न सकियोस्।

स्टार्मरले भने, “इरानले बेलायत र हाम्रा साझेदार देशको हितमाथि हमला गरिरहेको छ। खतरा रोक्ने एउटै उपाय भनेको क्षेप्यास्त्रलाई स्रोतमै नष्ट गर्नु हो।”

यसअघि बेलायतले अमेरिकालाई आफ्ना आधार प्रयोग गर्न नदिएको थियो। तर अहिले खतरा बढेकाले निर्णय परिवर्तन गरिएको उनले स्पष्ट पारे।

बेलायतका युद्ध बिमान हरूले रक्षात्मक कारबाहीका क्रममा इरानी आक्रमणहरू अवरोध गरेका छन्। शनिबार बहराइन स्थित सैन्य अड्डामा भएको इरानी हमलाबाट बेलायती सैनिकहरू बाल–बाल जोगिएको पनि उनले जानकारी दिए।

उनका अनुसार इरानले विमानस्थल, अतिथि गृह र बेलायती नागरिक बसोबास गर्ने स्थानहरूलाई निशाना बनाएको छ, जसले क्षेत्रमा रहेका करिब २ लाख बेलायती नागरिकलाई जोखिममा पारेको छ।

स्टार्मरले विगतको युद्ध सम्झाउँदै भने, “हामी सबैले इराकको गल्ती सम्झेका छौं, र त्यसबाट पाठ सिकेका छौं।” त्यसैले बेलायतले प्रत्यक्ष युद्धमा नजाने तर आत्मरक्षामा मात्रै केन्द्रित रहने नीति अपनाएको बताएका छन्।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...