Monday 12th January 2026

गजल


[ गजल ]

सुरक्षाको अनुभूति देशमा, साँच्चै कहिले हुने होला ।
अन्यायमा परेर जनता , कहिले सम्म रुने होला ।।

पदको दम्भ देखाएर , नीति नियम मिच्दै हिड्छन्
देशको कानुनले ठूलाबडा लाई , कहिले छुने होला ।।

मान्छेको मन दानव भयो , गरे व्यवहार पशु जस्तो
कालो कर्तुत ढाक्न भित्र भित्रै ,कति जाल बुने होला ।।

जसले न्याय दिनुपर्ने उनै , पर्ने शंकाको घेरा भित्र
खै के आश र पीडितको आवाज ,तिनले सुने होला ।।

देखे बुझेको भएपनि यहाँ , बोल्ने वाला छैन कोही
प्रलोभनमा पारि कति मुख, तिनले त्यहाँ थुने होला ।।

कमला न्याैपाने, झापा
हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...