Saturday 6th June 2026

गजल


[ गजल ]

सुरक्षाको अनुभूति देशमा, साँच्चै कहिले हुने होला ।
अन्यायमा परेर जनता , कहिले सम्म रुने होला ।।

पदको दम्भ देखाएर , नीति नियम मिच्दै हिड्छन्
देशको कानुनले ठूलाबडा लाई , कहिले छुने होला ।।

मान्छेको मन दानव भयो , गरे व्यवहार पशु जस्तो
कालो कर्तुत ढाक्न भित्र भित्रै ,कति जाल बुने होला ।।

जसले न्याय दिनुपर्ने उनै , पर्ने शंकाको घेरा भित्र
खै के आश र पीडितको आवाज ,तिनले सुने होला ।।

देखे बुझेको भएपनि यहाँ , बोल्ने वाला छैन कोही
प्रलोभनमा पारि कति मुख, तिनले त्यहाँ थुने होला ।।

कमला न्याैपाने, झापा
हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...