Monday 1st December 2025

मन्त्री कुलमानसंग अन्तर्राष्ट्रिय झापाली समाजको भेटघाट


अन्तर्राष्ट्रिय झापाली समाजको प्रतिनिधि टोलीले आज झापाको भद्रपुरस्थित एयरपोर्ट होटलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेको छ।

भेटघाटमा समाजका अध्यक्ष महेन्द्र चम्लागाईं, महासचिव चिरन खवास, र सहकोषाध्यक्ष रबिन गिरीको सहभागिता रहेको थियो।कार्यक्रमका क्रममा समसामयिक विषयहरू र मुलुकको समग्र विकासमा सहकार्यका सम्भावनाहरू बारेमा छलफल भएको समाजले जनाएको छ।

त्यस अवसरमा अध्यक्ष चम्लागाईंले मन्त्री घिसिङलाई खादा पहिर्याएर बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।

मन्त्री घिसिङले मुलुकको हितमा सहकार्य गर्न सकिने साझा क्षेत्रहरूको पहिचान गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै समाजको प्रयत्नप्रति धन्यवाद व्यक्त गरे।

भेटघाट कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, व्यवसायी प्रेम चम्लागाईं लगायतको पनि उपस्थिति रहेको थियो।


सम्बन्धित शीर्षकहरु

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै…

नासाको रोभरले पहिलो पटक मंगल ग्रहमा बिजुली चम्केको प्रमाण रेकर्ड गरेको छ, यसको माइक्रोफोनले ग्रहभरि निरन्तर बग्ने धुलोको आँधीले उठेका…

प्रतिकृयाहरू
...