Tuesday 28th July 2026

मन्त्री कुलमानसंग अन्तर्राष्ट्रिय झापाली समाजको भेटघाट


अन्तर्राष्ट्रिय झापाली समाजको प्रतिनिधि टोलीले आज झापाको भद्रपुरस्थित एयरपोर्ट होटलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेको छ।

भेटघाटमा समाजका अध्यक्ष महेन्द्र चम्लागाईं, महासचिव चिरन खवास, र सहकोषाध्यक्ष रबिन गिरीको सहभागिता रहेको थियो।कार्यक्रमका क्रममा समसामयिक विषयहरू र मुलुकको समग्र विकासमा सहकार्यका सम्भावनाहरू बारेमा छलफल भएको समाजले जनाएको छ।

त्यस अवसरमा अध्यक्ष चम्लागाईंले मन्त्री घिसिङलाई खादा पहिर्याएर बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।

मन्त्री घिसिङले मुलुकको हितमा सहकार्य गर्न सकिने साझा क्षेत्रहरूको पहिचान गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै समाजको प्रयत्नप्रति धन्यवाद व्यक्त गरे।

भेटघाट कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, व्यवसायी प्रेम चम्लागाईं लगायतको पनि उपस्थिति रहेको थियो।


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...