Friday 30th October 2026

बिर्तामोडमा सम्पन्न अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशनमा कुवेत शाखाको सक्रिय सहभागिता


विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको छ। दुईदिने अधिवेशन असोज २३ र २४ गते सम्पन्न भएको हो।

अधिवेशनमा विदेशमा स्थापित झापाली समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रह्यो। तिनैमध्ये अन्तर्राष्ट्रिय झापाली समाज, कुवेत शाखाले अध्यक्ष लिला पाण्डेको नेतृत्वमा विशेष सक्रियता देखाएको बताइएको छ। पाण्डेको नेतृत्वमा रहेको कुवेत टोलीले अधिवेशनमा प्रतिनिधित्व गर्दै सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता प्रकट गरेको थियो।

कुवेत शाखाले विगत वर्षमा र यो पाली पनि बाढीपीडितहरूलाई राहत तथा सहयोग पुर्‍याएको योगदानका कारण अधिवेशनको औपचारिक समारोहमा सम्मान तथा प्रशंसापत्र प्राप्त गरेको छ।

कार्यक्रममा वक्ताहरूले कुवेत शाखाको निरन्तर सामाजिक उत्तरदायित्व र संस्थाप्रतिको समर्पणको प्रशंसा गर्दै त्यसलाई विश्वभरका झापाली समुदायका लागि अनुकरणीय उदाहरणको रूपमा प्रस्तुत गरे।

अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संस्थाको आगामी कार्ययोजना सार्वजनिक गरेको छ। ‘विश्वभरका झापालीबीच एकता र समृद्धिको साझा लक्ष्य’ भन्ने नाराका साथ संस्था अघि बढ्ने घोषणा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

प्रतिकृयाहरू
...