Friday 8th May 2026

बिर्तामोडमा सम्पन्न अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशनमा कुवेत शाखाको सक्रिय सहभागिता


विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको छ। दुईदिने अधिवेशन असोज २३ र २४ गते सम्पन्न भएको हो।

अधिवेशनमा विदेशमा स्थापित झापाली समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रह्यो। तिनैमध्ये अन्तर्राष्ट्रिय झापाली समाज, कुवेत शाखाले अध्यक्ष लिला पाण्डेको नेतृत्वमा विशेष सक्रियता देखाएको बताइएको छ। पाण्डेको नेतृत्वमा रहेको कुवेत टोलीले अधिवेशनमा प्रतिनिधित्व गर्दै सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता प्रकट गरेको थियो।

कुवेत शाखाले विगत वर्षमा र यो पाली पनि बाढीपीडितहरूलाई राहत तथा सहयोग पुर्‍याएको योगदानका कारण अधिवेशनको औपचारिक समारोहमा सम्मान तथा प्रशंसापत्र प्राप्त गरेको छ।

कार्यक्रममा वक्ताहरूले कुवेत शाखाको निरन्तर सामाजिक उत्तरदायित्व र संस्थाप्रतिको समर्पणको प्रशंसा गर्दै त्यसलाई विश्वभरका झापाली समुदायका लागि अनुकरणीय उदाहरणको रूपमा प्रस्तुत गरे।

अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संस्थाको आगामी कार्ययोजना सार्वजनिक गरेको छ। ‘विश्वभरका झापालीबीच एकता र समृद्धिको साझा लक्ष्य’ भन्ने नाराका साथ संस्था अघि बढ्ने घोषणा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

भारतको केरला विधानसभा निर्वाचन २०२६ ले दक्षिण एशियाली राजनीतिमा ठूलो सन्देश दिएको छ। एक समय “भारतीय वामपन्थको अन्तिम किल्ला” मानिएको…

मित्र भक्त आचार्यः झापा कनकाई नगरपालिका ५ बेनुवाजाका २६ बर्षिय युवाको रोजगारीका लागि विदेशमा जादा दुबै हात र खुट्टा गुमाएका उमेश…

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्नु केवल प्रशासनिक निर्णय मात्र होइन, यो नेपालमा लामो समयदेखि चलिरहेको “भूमि राजनीति” माथिको…

प्रतिकृयाहरू
...