Thursday 29th January 2026

क्यानको निलम्बनमा परेका थिए सन्दीप (क्यानको प्रेस बिज्ञप्ती)


तितोपाटी- नेपाली क्रिकेटका चर्चित  सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा जनाए अनुशार टोलीका लेगस्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरेको छ  ।

सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ। अब ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि भने लामिछाने टोलीमा समावेश हुनेछन् ।

हेरौ क्यानको बिज्ञप्ति जस्ताको तस्तै 


सम्बन्धित शीर्षकहरु

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

प्रतिकृयाहरू
...