Tuesday 28th July 2026

उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल भन्छन:- रास्वपा भनेको खहरेको भेल जस्तै हो


तितोपाटी -उपप्रधान एबम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रास्वपा भनेको खहरेको भेल जस्तै हो भनि टिप्पणी गरेका छन। पाल्पाको तानसेनमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। मन्त्री  पौडेले राष्ट्रिया स्वतन्त्र पाटीको राजनीति बर्खायाममा आउने खहरेको भेल हो, एउटा बर्खा नसकिदै खहरेमा उर्लिएएर आएको बाढी सुक्छ र कमिला हिड्न थाल्छ हो त्यसैगरी रास्वपा पनि  हराएका जाने बताए।
दुई ठुला पाटी कांग्रेस एमाले मिलेर बनेको बर्तमान सरकारलाई कसैले ढलाउन नसक्ने बताउदै माओबादी केन्द्रले देशमा अस्थिरता निम्त्याउन खोजेपछि त्यसलाई रोक्न दुई पाटी मिलेको बताउदै बिकासका लागि पाल्पालाई प्राथमिकता दिएर सरकारले बजेट विनियोजन गरेको मन्त्री पौडेलले जानकारी समेत  गराए । मन्त्री पौडेलसंगको भेटघाट कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेय साम्सद ठाकुर गैरे लगायतको उपस्थिति रहेको थियो। नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...