Tuesday 16th December 2025

सुनसरीमा गोली प्रहार गरि किशोरीको हत्या


तितोपाटी – सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार भएको हो ।

प्रारम्भिक अनुसन्धानबाट आरोपी भारतीय नागरिक भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको थाहा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । मृतक किशोरीको टाउकोमा गोली लागेको छ । घटनास्थलमा सानो पेस्तोलमा लाग्ने नपड्केको गोली भेटिएको डीएसपी खतिवडाले जानकारी दिए । गोली प्रहारमा संलग्न आरोपी २९ वर्षीय जट फरार छन् भने उनको खोजी कार्य तिब्र रुपमा चलिरहेको प्रहरीले जनाएको छ । किशोरीको शव पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...