Wednesday 30th September 2026

क्यानले एसीसी यू-१६ इस्ट जोन कप विजेता टोलीलाई ५० हजार नगद पुरस्कार दिने


तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप नगद पुरस्कारले सम्मान गर्न लागेको क्यान प्रवक्ता छुम्बी लामाको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मलेसियामा संचालन भएको एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाल बिजेता हुन् सफल भएको थियो  ।   नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म सम्पन्न  उक्त प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई  हराउदै उपाधि चुमेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...