Saturday 11th October 2025

साम्बाको ह्याट्रिकसँगै नेपालले श्रीलंकालाई ८-० गोलले हरायो


एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारी “साम्बा”ले ह्याट्रिक  गरेकी थिइन् । साम्बाले  खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन । साथै गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरेका थिए  । पहिलो हाफ सम्म  ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोलअन्तरले पराजित गरेको थियो । नेपालले अब शुक्रबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...