Wednesday 30th September 2026

साम्बाको ह्याट्रिकसँगै नेपालले श्रीलंकालाई ८-० गोलले हरायो


एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारी “साम्बा”ले ह्याट्रिक  गरेकी थिइन् । साम्बाले  खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन । साथै गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरेका थिए  । पहिलो हाफ सम्म  ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोलअन्तरले पराजित गरेको थियो । नेपालले अब शुक्रबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...