Wednesday 30th September 2026

पुर्वरास्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुन सक्रिय हुने घोषणा


पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गर्नु भएको छ  ।  जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा  पुर्वरास्ट्रपति भण्डारीले यस्तो घोषणा गर्नु भएको हो  । पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गर्दै  अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन  पुर्वरास्ट्रपति भण्डारीले भन्नु भयो ।

देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताउदै जननेताले भन्ने गर्नुहुन्थ्यो- जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो- राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’ पुर्व रास्ट्रपति भण्डारीले भन्नु भयो ।

राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको भन्दै आफुलाई पुन राजनीतिमा फर्किन चाहेको बताउदै  एमालेमा पुनः जोडिएको पुर्व रास्ट्रपति भण्डारीले  घोषणा गर्दा सभागृहको हलमा ताली गुन्जिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...