Monday 12th January 2026

पाल्पा पुर्वाखोलामा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, एक घाइते


पाल्पाकाे पूर्वखाेला गाउँपालिका वडा नम्बर ५ बिरकोट स्थित स्याफतमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । भने एक जना गम्भीर घाइते भएका छन् ।
आर्यभाङ्ज्याङ्-ताहुँ-रामपुर सडक हुँदै साेमबार बेलुकी ४ बजेतिर रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरकाे पिकअप जिप सडकदेखि धन्नै ३ सय मिटर तल खस्दा दुई जनाकाे मृत्यु भएकाे हाे । उक्त जिपले कुखुराकाे अण्डा बाेकेर रामपुरतिर जाने क्रममा दुर्घटना भएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका -११ का ४६ वर्षीय विनाेद ढुङ्गाना र अर्का अन्दाजी ४५ वर्षका एक पुरूषकाे रहेका छन् । उनकाे पहिचान खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । यस्तै बुटवल उपमहानगरपालिका-११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छ्न । खड्काकाे तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभएकोछ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...