Friday 21st November 2025

राजनीतिक नेतृत्वलाई गाली गरेको आरोपमा टिकटकर रमा बस्नेत पक्राउ


सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने रमा बस्नेत छिन् ।
३१ वर्षीया बस्नेतलाई आइतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।

बस्नेतले आधारहीन विषय उठान गरेर समाजका प्रतिष्ठित राजनीतिज्ञहरूलाई गाली गरेर भिडियो पोस्ट गर्ने गरेको भेटिएको छ । त्यस्तै टिकटक लाइभमा उनले मधेसी समुदायलाई होच्याएर बोल्ने गरेको भेटिएको छ । उनीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । ब्युरोका अनुसार उनले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्‍याउने काम गरिरहेकी थिइन्। प्राविधिक विश्लेषण र अनुसन्धानबाट संलग्नता पुष्टि भएपछि उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबमा सोमबार एउटा ठूलो दुर्घटना भयो। मक्काबाट मदीना जाँदै गरेको भारतीयहरूलाई बोकेको बस डिजेल ट्याङ्करसँग ठोक्कियो। ठोक्किनु यति गम्भीर…

आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् । र्कीतिपुरस्थित अन्तरराष्ट्रिय…

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

प्रतिकृयाहरू
...