Thursday 18th June 2026

दक्षिण अफ्रिकामा बाढी, ८६ जना भन्दा बढीको मृत्यु


दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार उद्धारकर्ताले जनाएका छन् ।

भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको र बाढीको कारण हजारौँ घर, सडक, विद्यालय तथा स्वास्थ्य सुविधाहरू डुबेको बताइएको छ ।

मृतकमध्ये कम्तीमा छ जना बालबालिका र तीन जना वयस्कहरू बाढीमा बगेको स्कुल बसमा रहेको जनाइएको छ । शनिबार रुखमा टाँसिएर बसेका तिन जना विद्यार्थीलाई उद्धार गरिएको र चार जना अझै बेपत्ता रहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

प्रतिकृयाहरू
...