Thursday 22nd May 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः बादल पारी गाउँमा …


बादल पारी गाउँमा मायाको बस्ती बसाउँ
यो मायाको शहर हो यहि रमाउँ
तिमीले सिकायौ तिमीले बनायौ
हाम्रो बस्ती यहि हो यहि रमायौ ।।१।।

तिम्रो मिठाे बोलीले मेरो मन छोयो
तिम्रो त्यो स्पर्शले दिलमा माया जाग्यो
म आएको छु तिम्रो छेउमा
रमाएको छु हेरेर डाडापाखामा ।।२।।

हिडदै थिए तिमी तिर हेरेर
कुरा गर्दै थिए तिम्रो नयनमा हेरेर
यो मेरो घर तिमीले सजायौ
मायाको यो बस्तीमा बस्ने बनायौ ।।३।।

बादल पारी गाउमा मायाको बस्ती बसाउ
यो मायाको शहर हो यहि रमाउ
तिमिले सिकायौ तिमिले बनायौ
हाम्रो बस्ती यहि हो यहि रमायौ


सम्बन्धित शीर्षकहरु

बादल पारी गाउँमा मायाको बस्ती बसाउँ यो मायाको शहर हो यहि रमाउँ तिमीले सिकायौ तिमीले बनायौ हाम्रो बस्ती यहि हो…

एजेन्सि- प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली…

रोजिना ढुङाना, झापा (हाल: कुवेत) - मजदुरले पाउनु पर्ने हक, अधिकार र सम्मान आजसम्म कसैले पाएको छैन। अरूको कुरा नगरौं,…

प्रतिकृयाहरू
...